२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

खोला तर्ने क्रममा बगाएर ५३ वर्षीय पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

पाल्पा,
१२ साउन । माथागढी गाउँपालिका–२, चिदीपानीमा खोलाले बगाएर ५३ वर्षीय हर्कबहादुर सारुको आइतबार मृत्यु भएको छ ।

बधवाँरीमा तिनाउ खोला तर्ने क्रममा ५३ वर्षीय सारुको मृत्यु भएको प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।

वर्षासँगै खोला बढेको र खोला तर्ने क्रममा बगाएर दुई सय ५० मिटर तल लगेको प्रहरीले जनाएको छ ।

जिल्लामा यस वर्ष खोलाले बगाएर ४ जना र पहिरोमा पुरिएर ४ जना गरी ८ जनाको मृत्यु भइसकेको छ ।