२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

देउखुरीमा सर्पको टोकाईबाट ७ वर्षिय बालकको मृत्यु

सांकेतिक तस्बिर ।

दाङ,
१२ साउन । देउखुरीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुर निवासी ७ वर्षिय बालक राजन चौधरीलाई सर्पले डस्दा मृत्यु भएको राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

आइतबार दिउँसो १ बजे साथीहरूसंग कुलोमा माछा मार्न गएका बेला ती बालकलाई बिषालु डसेको थियो । सर्पको टोकाईबाट गम्भिर बिरामी परेको ती बालकलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि संर्प दंश उपचार केन्द्र गोरूसिंह लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभए पछि बालकलाई नेपालगन्ज लैजाँदै गर्दा आईतवार दिउँसो चार बजेतिर बाटोमा नै निधन भएको बताईएको छ ।