२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

तुलसीपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दाङ,
१२ साउन । तुलसीपुरका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालगन्जको भेरी अस्पतालमा गरिएको नमुना परिक्षणमा सोमबार ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । स‌क्रमित सबै क्वारेन्टाइनमा बस्दै आएका थिए ।

अस्पतालका अनुसार संक्रमण पुष्टि हुनेमा वडा नम्बर १३ का १६ वर्षका एक जना पुरुष र वडा नम्बर १४ का ४ जना पुरुष रहेका छन।

वडा नम्बर १४ का संक्रमित मध्ये ३६ वर्ष का २ जना, २४ र ३१ वर्षका एकएक जना गरि ४ जना पुरुष रहेको अस्पतालले जारी गरको सूचनामा जनाइएको छ ।

हालसम्म तुलसीपुरमा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ ।