२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

१५ किलो लागुऔषध चरेस सहित घोराहीबाट ६ जना पक्राउ

फाइल तस्वीर ।

दाङ,
१२ साउन । घोराहीबाट प्रहरीले १५ किलो लागु औषध चरेस सहित ६ जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्क स्थित रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १५ किलो चरेस सहित ६ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका १० का २२ बर्षिय आकाश विक, २२ बर्षकै जितकुमार विक, थवाङ गाउँपालिका ५ का ४० बर्षिय कमला घर्ती, परिवर्तन गाउँपालिका ४ का ४५ बर्षिय जुनु बुढा, सल्यान बनगाढ नगरपालिका १२ का २८ बर्षिय डिलबहादुर विक र नेपालगञ्ज उपमहानगरपालिका बाँकेका ४० बर्षिय सन्तोष गुरुङ रहेका छन् ।

५ नम्बर प्रदेश प्रहरी व्यूरोबाट खटिएका प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीको टोलीले उनिहरुलाई पक्राउ गरेको हो । लागु औषध कारोबारीको शैलीमा उनिहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखेर अनुसन्धान र कार्वाही प्रकृया सुरु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।