२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

शिक्षा क्षेत्रलाई सामान्य बनाउन सरोकारवालासंग संवाद

पूर्ण के.सी, 
१२ साउन । शिक्षाका लागी राष्ट्रिय अभियान जिल्ला शाखा दाङको आयोजना बैकल्पिक शिक्षण पहल, उपलब्धि र चुनौती विषयमा भर्चुअल संवाद सम्पन्न भएको छ ।

संवादमा तुलसीपुर क्षेत्रका शिक्षा तर्फका दिग्गज ब्यक्तित्वहरुको सहभागीता रहेको थियोे । कार्यक्रममा मावी सेन्टर तुलसीपुरका प्राचार्य भागवत पौडेलले बैकल्पिक बिधि अनलाइन सबैको पहुँचमा नहुदा यो प्रभावकारी नहुने र अब शिक्षालाई सामान्य स्थितिमा लैजान जरुरी रहेको र यसमा सबैपक्ष तयार रहनुपर्ने औंल्यानुभयो ।

यस्तै गुरुजजुर उच्च मावीकी प्राचार्य बिष्णुकुमारी केसिले सबैको पहुँचमा ईन्टरनेट नभएको र बैकल्पिक बिधि कक्षा कोठामै पढाएको जस्तो प्रभावकारी नहुने भन्दै सरकारले बिद्यालय खुलाउन तर्फ ध्यान दिनुपर्ने र पाठ्यक्रम छोटकरीमा राख्ने, शैक्षिक क्यालेन्डर हेरफेर गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा अमर उच्च मावी उरहरीका प्राचार्य पदम वलीले रेडियो कक्षा सुरु भएपनि बिद्यार्थीहरुले सुने कि सुनेनन् अनुगमन गर्नुपर्ने बताउनुभयो ।

पत्रकारको तर्फबाट पत्रकार गोपाल शर्मा भट्टराईले बिद्यालयमा क्वारेन्टाइन राख्नै नहुने कुरामा जोड दिनुभएको थियो । शर्माले बिद्यालयमा क्वारेन्टाइन राख्दा विद्यार्थी, अभिभावक तथा शिक्षकहरुमा पछिसम्म नकारात्मक असरपर्ने भन्दै यो विषयमा राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाको तर्फबाट चक्र भन्डारीले रेडियो कक्षाको प्रभावकारीताको आफुहरुले गाउँगाउँमा गएर अनुगमन गर्ने र बिद्यालय भदौ पन्ध्र सम्ममा खुलाउने तर्फ केन्द्रित हुने बताउनुभयो । साथै उहाँले सहभागीले उठाएका प्रस्नको समाधानमुखी र विकल्प सहितको जबाफ दिनुभएको थियोे ।

भर्चुवल मिटिङमा उठेका विषयमा प्रकाश रुपलाल चौधरीले पार्नुभएको थियो, भने सहजीकरण बरिस्ठ पत्रकार अर्जुन गिरीले गर्नुभएको थियो ।