२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

साइप्रसमा नेपाली छात्राको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

ब्रसेल्स,
१२ साउन । साइप्रसको निकोसियामा २१ वर्षीया नेपाली छात्रा रेणुका कोइरालाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

धादिङ घर भएकी कोइराला अध्ययनको सिलसिलामा गत जनवरीमा इन्टेकमा विद्यार्थी भिसाबाट साईप्रस आएकी छात्रा रेणुका २६ जुलाईको करिव २ बजे राति काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी उनलाई निकोसीया अस्पताल पुऱ्याउँदा डाक्टरले तत्कालै मृत घोषणा गरेका थिए ।

निकोसीयाबाट संचारकर्मी समिम मियाका अनुसार स्थानीय प्रहरीले छात्रा रेणुकाको मृत्युबारे पुष्टि गरिसकेको बताए । राति रेणुकालाई पिकअप गरेर आउने चालकसहित मोटर साइकल हाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धानको क्रममा मृतक रेणुकाको साथबाट परिचयपत्र, मोबाइल फोन सेट, निलो रंगको झोला, र झोला भित्र केही यूरो भेटिएको साइप्रस प्रहरीले जनाएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ । ।