२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

कोरोनाको महामारीमा भारत कमाउन जाँदै

भानु नेपाली,
दाङ १२ साउन । यति बेला विश्वभर कोरोना महामारीले सवैलाई त्रसित बनाएको छ ।

हाम्रै नेपालमा पनि कुल संक्रमितको संख्या १८ हजार ७७२ पुगेको छ । उनीहरु मध्ये ४८ जनाको मृत्यु भएको छ, भने १३ हजार ७५४ जना निको भएका छन् । छिमेकी मुलक भारतमा दैनिक हजारौ संख्यामा कोरोना पोजेटिभको संख्या बढ्दो रहेको छ ।

भारतमा रहेका थुप्रै नेपालीहरु घर फर्केका छन र केही फर्कने क्रमै छन्, तर शान्तिनगर गाउँपालिका वडा नं १ का करिब २५ जनाको एक टोली कमाउन भन्दै आज भारत तर्फ लागेका छन् ।

आज साँझ गाडीमा चढेर करिब २५ जनाको टोलि कोरोनाको जोखिममा पनि भारत कमाउन हिँडेका छन् । गाउँमा बसेर घर खर्च चलाउन गाह्रो भएको भन्दै कमाउनका लागि भारत जाने तयारी गरेको उनिहरु बताउँछन् ।

कोरोना महामारी भएपनि आर्थिक अभावका कारण आफु र आफ्नो सिङगो परिवार पाल्न समस्या भएकाले भारत नगई नहुने बाध्यता परेको शान्तिनगर १ का टोप वहादुर पुनले बताउनु भयो ।

देशमा केही गर्न नसक्ने अवस्था भएकाले कोरोनाको जोखिममा पनि भारत कमाउन जान आटेको पुनको भर्नाई छ । आफू जस्तै अन्य साथीहरु पनि विभिन्न समस्याका कारण कमाउन जान लागेको पुनले दुखेसो पोख्नु भयो ।