२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

चर्चित पत्रकार रवि लामिछाने दाङ आउँदै


दाङ,
१२ साउन । नेपालका चर्चित पत्रकार तथा सिधा कुरा जनतासंगका प्रस्तोता रवि लामिछानेको टिम अर्को हप्ताको मंगलबारसम्म दाङ आउने भएको छ ।

लामिछानेले ७ वटै प्रदेशका विभिन्न जिल्लाबाट लाइभ कार्यक्रम सिधा कुरा जनतासंग चलाउने यसअघि उद्घोष गरिसकेका छन् । यसै अनुरुप अहिले प्रदेश नं. ४ को पोखरामा कार्यक्रम भइरहेको र अर्को हप्ताको मंगलबार सम्म प्रदेश नं ५ रुपन्देही हुदै दाङ आउने कार्यक्रम रहेको छ ।

दाङमा भएका विभिन्न समस्यालाई सिधा कुरा जनतासंग कार्यक्रममा समावेश गर्ने उद्येश्यले दाङ आउन लागेको सिधा कुरा जनतासंग पत्रकार युवराज कँडेललाई उद्यृत गर्दै विमल खड्काले जानकारी दिनुभयो ।

सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोता रवि लामिछाने, दिपक बोहरा, युवराज कँडेल, अनिता ढुङगेल लगायत टोलि दाङ आउन लागेको हो ।