२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

‘आखिर म को हो तिम्रो ?’

माधव राज चौधरी ।
शायद त्यस प्रकारको परिकल्पना वा अनुभव गर्ने अवसर कमैले पाउँछन् होला, जहाँ अनेकौ जन्जिर, वन्धन अनि असमान अवस्थाको वावजुत कसैको मायामा रमाउन पाउँछन् त्यो पनि एकोहोरो ।

यो स्वार्थी दुनियामा चोखो अनि पवित्र मायाको मुल्य नै काहाँ छ र ? यहाँ केवल विकाउ, आर्कषण क्षणिक प्रेमको वहाना मात्रै गरिन्छ । हुन पनि हो मानवियता हराउँदै गएको दुनियामा कसैको भलो चाहने, प्रगति चाहने मान्छेहरुको संख्या औलामा गन्न सकिएला । पवित्र प्रेमको खडेरीमा खडेरीमा खै कहाँवाट चोखो र पवित्र प्रेमको वर्षात हुन्छ, कहिले काहीं र कसैकसैलाई यो संसारमा जसलाई हुन्छ, उ अवश्य खुसी हुन्छ । नत कुनै पुर्वनिधार्रित योजना, स्वार्थ, नत केही पाउँछु भन्ने चाहना नत गुमाउनुको चिन्ता नै । तै पनि यति सर्मपर्ण किन गरीरहेछु म ? आफैले आफुलाई प्रश्न गर्छु । शायद, यो सवालको जवाफ कुनै साथिवाट अपेक्षा गरे भने “यो त माया हो यार लव प¥यो” भन्ला हुन पनि यो भन्दा फरक उत्तरको आशा पनि म कसरी गर्नु सक्छु र ? उ पनि अरु भन्दा फरक मान्छे कहाँ हो र ?

यहाँ सम्मको जिवनको यात्रामा, मेरो परिस्थितिले कहाँ यसलाई सहजै यो अनुभुति अनि चाहना भन्न मिल्यो र ? यो त सरासर गलत सावित हुन्छ । किनकी हाम्रो समाजमा यस किसिमको परिस्थितिमा कहाँ आफनो अनुभुति हरु भावनाहरु सहजै अरु संग कहाँ साट्न पाउछ र ? या अरुलाई सुनाउन पाइन्छ ? त्यो त समाजको रितिस्थितिको विरुद्ध र परिवारप्रति घाट गरेको सावित भैहाल्छ नी । अद्यपी किन किन मनमा एक किसिमको अनौथो परिकल्पना आइरहन्छ चाहना रहीरहन्छ । सामाजको कडा जन्जिर, नियम र कानुनको वावजुद पनि किन किन एउटा मिठो गल्ति गर्दै गरेको अनुभव भैरहेको छ मलाई । यो मिठासपुर्ण गल्ति दोहोर्याइरहन मन लाग्छ, निरन्तर निरन्तर । विडम्वना यो मिठो गल्तिलाई मैले प्रेमको नामले न्वारान गर्न मलाई न त कुनै अधिकार छ नत कसैले इजाजत नै दिएको छ या भनौ यो समाज र मेरो परिस्थििले नै स्वीकारोक्क्ती देला ।

शुरुवाति हरेक कुराको सामिप्यता, परिचय सामान्य चिनजानवाट नै हुन्छ । उनको साथको शुरुवाती पनि यो भन्दा फरक पक्कै थिएन, जो अरु संग पनि हुन्छ । फरक यति मात्र हो कोही दुई चार दिनको हाई हेल्लोमा सिमित हुन्छन्, अनि हराएर जान्छन् भने कोही नजिकको खास साथि वन्छ, अनि साथि भन्दा पनि माथि पुग्छ, सधै सधैको लागि । अनि यी साथिले मनमा अनेकौ ज्वारभाटा ल्याउँछन,् उठल पुठल गराउछन् । त्यस्तै वनेको थियो उनको र मेरो समन्ध पनि । शायद यो समन्ध पनि त्यस्तै भयो, मेरो लागि अनि सम्भवत उनको पनि । उनको अनुभुतिको कुरा गर्न मलाई इजाजत त छैन, तर मलाई जुन अनुभव हुन्छ, त्यो मेरो कप्पनाको राजकुमारी उनलाई पनि हुन्छ होला भन्नेमा विश्वस्त छु । आफनो त कल्पनामा हराउने र अनि रमाउने त्यस्तो मिठो लत भइसक्यो, मानौ एक माछालाई पानिको लत भए जसरी । अव त किन किन मेरो यि नयनले उनलाई पछ्याइरहन थालेको छ । कस्तो अनौठो चाहना भनौ, या हाम्रो साथित्वको सम्वन्ध साथि भनौ भने त्यो भन्दा माथि छौ । प्रेम भनौ भने न प्रेमको कुनै औपचारिकता छ । तर पनि अनौथो चाहना छ अनौथो एउटा अभ्यास छ, कि उनिसंग हरेक पलपल अद्यावधिक हुनु पर्ने मौसम विभागको सुचना जस्तो । कहिले काही त अनावश्यक कुराको डाहा हुन्छ मनमा कसैको वारेमा कुरा गर्दा नि डाहा लाग्ने, मानौ की आफ्नै प्रेमिका नै हो जस्तो ।

हुनपनि उनको साथमा यति मिठास छ, कि सुगरको विरामीले पनि त्यो मिठासको स्वाद लिने चाहनामा आफनो स्वास्थ्य जोखिममा राख्न तयार हुन्छ । त्यस्तो कि हरेक विहानीको शुरुवात उनको गुड मर्निङ्गवाट शुरु हुनपर्ने, अचेल अनि हरेक रात्रीको अन्त्य उनको गुड नाइटवाट हुनुपर्ने । ‘हयाव नाइस डे’ देखी ‘स्वीट ड्रीम’ सम्म उनको उनको शव्दमा रमाउन मन लाग्ने । कस्तो लत होला मानौ ड्रग एडिक्ट नै भए जस्तो । मेरो एक जना भाइले फेसवुकको इस्टाटसमा लेखेको थियो कुनै वेला “सुगर खाईयो मिठाई खाइयो सुत्नेवेला आफनो स्वीट ड्रिम कहिले आएन भनेर” मैले पनि स्वीट ड्रिमको खातिर सुगर अनि मिठाई खाएकै हो स्वीट ड्रिम कहिले आएको थिएन । तर जव उनि संगको सामाप्यताले स्वीट ड्रिमको खातिर कहिले सुगर अनि स्वीट खानु परेन । त्यसपछी मलाई लाग्यो त्यसको लागि त सुगर अनि मिठाई होइन अनुभुति अनि यहसास गर्नु गर्नु पर्ने रहेछ, जुन कुरा कसैले जवरजस्त गर्न सक्दैन ।

शायद यि मेरा नयनका दृश्टिहरु पनि हरियाली पाएर होला, हेराई वदलिन थालेको छ यति सुन्दर देख्न थालेको छ सवैलाई हरेक मान्छेको अनुहारमा उनको आकृति देख्न थालेको छ । म्युजिक भिडियोमा भएका मोडलहरु, नायिकाहरुको चेहेरा पनि उनकै जस्तो लाग्न थालेको छ अचेल । प्रत्येक गितमा लेखिएका प्रत्येक शव्द मेरै कथा समावेश गरिएर लेखिए जस्तो अनि मेरै लागि गाएको जस्तो ।

मेरो अनुभुतिमा किन यति जवरजस्त स्फुर्ति या इर्नजि छ अचेल, मानौ हरेक खेलाडीले खेल जित्न पर्ने वाध्यता जस्तो । हरेक विद्यार्थिलाई परीक्षामा पास हुनै पर्ने वाध्यता जस्तो । वर्षौदेखि वदल्न नसकेका केही वानीहरु एका एक वदलिएको छ अचेल, वर्षौ देखि निरन्तरता दिन नसकेका केही जरुरी कार्य नियमित भएको छ अचेल । मानौ कि खडेरी लागेको जमिनमा एका एक वर्षा भएर मुल फुटरे हराभरा भए जस्तो । विस्तारामा ढलेको विरामी एका एक टंग्रिएर उठे जस्तो । मलाई जान्न मन छ आखिर के खासियत छ यो मेरो अनुभुतिमा, या के दैविय शक्क्ती उनको सामिप्यतामा या कुनै सुपर पावर ? जेसुकेै भएता पनि यो अनौठो अनुभुतिले सकरात्मक उर्जा भने पक्कै थपेको छ जिवनमा । कहिले काही एक्लै एक्लै मुस्कुराउछु, अनि गुनगुनाउछु । हरेक कुराहरु सहजै सेयर गर्छु, मानौ कि अव हामी भन्दा यो संसारमा अरु कोही छैन जस्तो । कहिले काही यति टाढा लैजान मन लाग्छ, कि जहाँ कसैको नजर नहोस्, कसैले भेट्न नसकोस् । मलाई पनि संगै लैजाउ है जहाँ गए पनि भन्ने उनको भनाईमा के छ के छ । म निश्र्कष निकाल्न सकिरहेको छैन । तर जे भएपनि अचेल जिवन रंगिन लाग्छ मलाई जिउनुको वास्तविक आनन्दको रस्वादन गर्दैछु परिकल्पनामा भए पनि ।

मलाई थाहा छैन मेरो स्थान कँहा छ ? उनलाई पनि मलाई जस्तै अनुभुति हुन्छ या हुदैन ? थाहा छैन उनलाई पिडा हुदा मलाई दुखेको जस्तो अनुभव हुन्छ कि हुदैन ? थाहा छैन उनको सानो खुसीमा म आफनै खुसी संम्झेर रमाएको जस्तो हुन्छ कि हुदैन ? त्।र म भने हरेक पल पल उनको सुख अनि दुखमा रमाएको छु । यति त मलाई विश्वास छ उनलाई मेरो यादहरु पक्कै आउछ होला र त मलाई यस किसिमको अनुभुति हुन्छ । ति यादहरु जो संगै वसेर लामो यात्रा गरेको, ति याद संगै वसेर कफी खाएको, ति याद जो प्रत्येक्ष वा अप्रत्येक्ष संगै विताएका याद अनि सामाजिक सञ्जाल म्यासेन्जरमा गरेका मिठा, रमाइला, अनि ठट्यौलि कुराहरुको याद त अवश्य जीवनभर नै विर्सन नसकिने छन् । म आफैलाई प्रश्न गर्छु किन म मा यस्तो वदलाव आइरहेको छ ? के म साच्चै यस्तो नै हो त ? आखिर यो सव हुनुमा कस्को दोष छ ? अनि फेरी भन्छु दोषि त म आफैलाई हो, जो गन्तव्य हिन यात्रातिर प्रस्थान गरे गन्तव्य हिन यात्रु जस्तो जसको गन्तव्य कहाँ हो थाहा छैन ।

म मा यति वदलाव आउनुमा उनको कुनै दोष छैन पनि उनि निर्दोष नै छिन् शायद । दोषि छ त केवल यो अदृश्य यो मेरो मन जो निश्चित सिमाना भन्दा पर गएर रमाउन खोज्यो । यही दोषि मन जो निलो गगनमा स्वतन्त्र एक पन्छी भएर उड््न खोज्यो अनि समुन्द्रको गराईमा दुव्न खोज्यो । उनको दोष थियो त केवल सुन्दर, सुसिल अनि प्रिय हुनु । उनि वास्तविकरुपमा सुन्दर लाग्छ मलाई । हरेक रचनाकार लाई आफनो रचना प्यारो लागे जस्तो । हरेक पे्रमिलाई आफनो प्रेमिका प्यारो लागे जस्तो । यो लेखाईमा उनको सुन्दरताको वयान नगरु भने अधुरो अपुरो लाग्ला गरु भने उनको वास्तविक सुन्दरतामा न्याय गर्न सक्छु या सक्दिन डर पनि लागिरहेको छ । फेरी सोचे मेरो अनुभुति हो मेरो दृश्टीकोण न हो । मैले जे अनुभुति गरे, त्यो त मेलेै गर्नै पर्छ । कुनै कुचिकारले फुर्सदमा वनाएको मुर्ति जस्तो स्केलले नापि नापि वनाएको चित्र जस्तो मिलेको वदन, कालो रगकों मृग नयनी ठुला ठुला आँखा कालो लामो परेली केश । झट्ट हेर्दा प्यासी अनि सेक्सी लाग्ने । उनको हेराइमा पृथकता छ साच्चै गहिरिएर हेरीरह्यो भने निलो सागरमा डुुव्दै डुुव्दै गए जस्तो अनुभुति हुन्छ् । उनको आखाँमा ऐश्र्ययता छ भन्दा फरक नर्पला यतिमात्र हो की कालो र खैरोको । मैले सुनेको लोभि मान्छेको अगाडी उनि आँखालाई झुकाएर हिद्छिन अरे केज्रि भएर एकोहोरो भएर हेर्न थाल्छन् अरे मान्छेहरु । उनको ओठको संरचना पनि केही कमको लाग्दैर्न जो हेर्दा च्वाप्प म्वाई खाइदेउ जस्तो लाग्ने गाला पनि उस्तै हिमाली भेगमा फलेको मौसमी स्याउ जस्तो । मुस्कुराउदा झन् उत्तिकै राम्री । प्राय नारीका ओठहरु लिपिष्टकको साहारामा सुन्दर देखिन्छन् तर उनको ओठ प्राकृतिकरुपमा सुन्दर लाग्छन् मलाई । हल्का हल्का कर्लि केश भएर पनि चट्ट मिलाएर कोर्दा अनि वाटेको भन्दा खुल्ला छोडेको अनि साइडमा पानवुट्टे काँटा या फुल राखेर सजाउदा त उनको सुन्दताले सिमा नाघ्छ मानौ कि वर्षायाममा कोशीको वाध फुटे जस्तो, एक सय डिग्रीको तापक्रम पछी पानि उम्लेको जस्तो । अझ उनको अाँखाले गाजँल पाउदा पुर्णता पाउँछ फके्रको फुल जस्तो ।

परीकल्पनामा म यति पर पुगी सकेको हुन्छु कि फर्कदा वाटो नै विर्सन्छु कि भन्ने डर पो लाग्छ अचेल । फेरी आफैलाई नियाल्छु अनि भन्छु ओइ त किन यति भावनामा दुवेको ? को होस तँ उनको ? यो प्रश्नले मलाई झस्काउछ ।

कहिले काही मेरो आगनमा फुलेको गुलाफको फुललाई नियाल्दै भन्छु, ‘ए गुलाफ तिमि यति सुन्दर किन छौ थाहा छ ?’ गुलाफले मुस्कुराउदै भन्छ नाई थाहा छैन । अनि मैले भन्छु यो सुन्दरता त तिमिले उनिवाटै चारेको हो नि ! अनि गुलाफ पनि लज्जीत हुदै सरी भन्छ । एक दिन वाटोमा हिड्दै गर्दा कोइलीको मधुरतापुर्ण आवाज सुन्दै थिए अनि सोध्न मन लाग्यो ‘एक कोइली तिमी कसरी यति मिठो आवाज निकाल्छौ भन त ?’ कोइलीले घमण्ड गर्दै भन्यो यो त मेरै आवाज हो आफै निस्कन्छ । मैले भने ए लाटी कोइली त्यति घमण्ड पनि नगर अनि नढाट यो सुमधुर आवाज त तिमिले उनिवाट वाटै सिकेको होइन र ? अनि कोइली पनि लजाएर सरी भन्दै उडेर जान्छ । उनको सुन्दर मुहारको अगाडी पुर्णिमाको जुन पनि लाजले वालदको घुम्टो वनाई ओढेर लुकेर वस्छीन् अचेल । अव यो भन्दा पनि वढी भने स्वर्गका परीहरु पनि डाहा गर्लान् फेरी ।

शायद यि मेरा नयनका दृश्टिहरु पनि हरियाली पाएर होला, हेराई वदलिन थालेको छ यति सुन्दर देख्न थालेको छ सवैलाई हरेक मान्छेको अनुहारमा उनको आकृति देख्न थालेको छ । म्युजिक भिडियोमा भएका मोडलहरु, नायिकाहरुको चेहेरा पनि उनकै जस्तो लाग्न थालेको छ अचेल । प्रत्येक गितमा लेखिएका प्रत्येक शव्द मेरै कथा समावेश गरिएर लेखिए जस्तो अनि मेरै लागि गाएको जस्तो । यादका लागि वहाना नभएका कुनै क्षण छैनन् । वर्षा, वादल, शितल हावा, रमाइला पल, दुखका पल संगै घुम्न गएका रमाइला ठाँउहरु, छोटो या लामो यात्रा, कार्यक्रममा संगैं सहभागि भएका पलहरु, संगै वसेर कफि पिएका पल या खाजा खाएका पल हरेक विहानी देखी रात्रीकालिन प्रहर सम्म उनको यादहरु नआउने कुनै क्षण छैन कीनकी ति हरेक पलहरु मेरो मानसपटलमा अविश्मणिय क्षण वनेर वसेका छन् । अद्यपि यि सवै कुरा एउटा प्रेमी र प्रेमिकाको विचमा हुन्छ, तर मत उनको प्रेमिका पनि त होइन । तैपनि किन यति विघन चाहना किन ? यति जवरजस्त परिकल्पना किन? यति विघ्न सामिप्यता किन ? म आफैमा यति धेरै वदलाव किन ? प्रश्न गर्छु आफैलाई । उनको सामीप्यताले सवैलाई विर्सन थालेको छु अचेल मानौ कि मेरा हरेक आवश्यकता र चाहना उनवाटै पुरा हुन्छ जस्तो । मानौ कि अव म उनकै लागि वाचिरहेको छु जस्तो मेरो अव अरु कुनै अरु लक्ष्य र उदेश्य छैन जस्तो ।

परीकल्पनामा म यति पर पुगी सकेको हुन्छु कि फर्कदा वाटो नै विर्सन्छु कि भन्ने डर पो लाग्छ अचेल । फेरी आफैलाई नियाल्छु अनि भन्छु ओइ त किन यति भावनामा दुवेको ? को होस तँ उनको ? यो प्रश्नले मलाई झस्काउछ । मैले यो सामिप्तावाट एउटा कुरा पक्कै सिकेको छु । हरेक कुराको निति नियम वन्धन भएता पनि यो स्वतन्त्र कल्पनामा वहकिने मनको कुनै निश्चत सिमाना छैन कुनै वन्धन छैन, निति नियम र कानुन छैन, यो वहकिने मनको लागि इस्टाटस पनि मिल्नुपर्ने रहेनछ । त्यही भएर अचेल प्रेम र भावनाको परिभाषा मैले आफनै वनाएको छु । प्रेमको दायरा फराकिलो वनाएको छु । अनि कहिले काही मिठो गल्ती गरेर नयाँ नियमको चल्ति चलाउन मन लाग्छ । मैले केही पृथक गर्न मनलाग्छ । उनलाई खुलेर माया गर्न मन लाग्छ । यो मेरो छाति चिरेर उनलाई गर्ने माया सारा दुनियालाई देखाउन मन लाग्छ । यो मुटुको धड्कन साच्चै उनको लागि धड्किएको भनेर प्रमाणित गर्न मन लाग्छ । किनकी विगतका मायाका परिभाषा, मुल्य मान्यता, सिद्धान्त, विधि प्रकृया भन्दा पृथक भएर प्रेमको अनुभुति जो गरिरहेको छु शायद एकोहोरो । एकाउण्टको डेविड एण्ड क्रेडिट जस्तो नहुने रहेछ माया र यो अनुभुति । विडम्वना अन्तिममा फेरी उही प्रश्न दोहोरीन्छ अनि उनि संग प्रश्न गर्न मन लाग्छ आखिर म को हो तिम्रो ? यही प्रश्नको उत्तरको पखाईमा निरन्तर निरन्तर अन्नन्त सम्म पर्खिरहनेछु यो अन्तयहिन, सिमाहिन वहकिने मनको अन्तरकुण्ठीत प्रश्न संग सँगै ।