२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

आस्थाका आधारमा शैक्षिक संस्थालाई विवादित गराउनु हुँदैन : कांग्रेस नेता गिरी

तुलसीपुर, 
१३ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले राजनीतिक आस्थाका आधारमा शैक्षिक क्षेत्रलाई विवादित क्षेत्र गराउन नहुने बताउनु भएको छ ।

आज राप्ती ववई बहुमुखी क्याम्पस तुलसीपुरले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा संवोधन गर्दै गिरीले सो धारणा बताउनु भएको हो ।

२०४६ सालको जनआन्दोलन पश्चात् स्थापना गरिएको सो क्याम्सका संस्थापक अध्यक्ष समेत रहेका गिरीले भन्नुभयो – ‘आस्थाका आधारमा शैक्षिक संस्थालाई कदापी पनि विवादित क्षेत्र बनाउनु हुँदैन, भन्ने मेरो धारणा हो, र, मध्यपश्चिमका जनताका छोराछोरीलाई उच्च शिक्षा अध्ययन गर्न सुविधायुक्त होस् भन्ने मूल मर्मका साथ हामीले यो क्याम्पस स्थापना गरेका हौँ। मूलतः शैक्षिक संस्थालाई विवाद रहित र सार्वजनिक वनाउन हामी सदैव प्रतिबद्ध छौँ ।’

गत आईतवार गृह जिल्ला दाङ आउनु भएका गिरी हाल दंगाली जनता र नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूसँग जिल्लाको विकास र निकासको लागि भलाकुसारी गरी रहनु भएको छ ।