२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

सांसद वलीसंग किसानको गुनासो – ‘यूरिया मल पाएनौं’

दाङ,
१३ साउन । पश्चिदाङका किसानले धानमा आवश्यक पर्ने मलका लागि सम्वन्धित निकाय सम्म पहल कदमी चालिदिन प्रदेश सांसद विमला वलीलाई आग्रह गरेका छन् ।

अहिले धानलाई आवश्यक यूरिया मलको आवश्यक रहेकाले मलको समस्या समाधानका लागि सम्वन्धित निकाय सम्म पहल कदमी चालिदिन किसानले दाङ क्षेत्र नं. ३ ख का प्रदेश सांसद विमला वलीलाई आग्रह गरेका हुन ।

पश्चिमदाङका विभिन्न स्थानमा जनतासंग भेटघाटलाई तिव्रता दिएकी प्रदेश सांसद वलीलाई किसानले धानमा डिएपी आवश्यक पर्दा यूरिया मात्र पाइने र अहिले यूरिया मलको आवश्यक पर्ने समयमा डिएपि मात्र सहकारीमा पाइने भएकाले आफूहरु मर्कामा परेको गुनासो गरेका थिए ।

यस्तै शान्तिनगर ५ रगैंजामा भएको भेटघाट कार्यक्रममा पश्चिमदाङको समग्र विकासका लागि ध्यान दिन आग्रह गरेका थिए । भेटघाट कार्यक्रममा शान्तिनगर गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गिरीराज बस्नेतले पश्चिदाङका बासिन्दा विधुत अनिमियता र विधुत रिडिङ नहुदा समस्यामा परेको बताउनु भयो ।

पश्चिदाङको विधुत सेवालाई मध्यनजर गर्दै रगैजा बजारमा विधुतको शाखा स्थापना गरेपनि भरपर्दो सेवा दिन नसकेको बताउनु भयो । विधुत रिडिङ र काउन्टर स्थापनाको लागि आवश्यक पहल चालीदिन वडा अध्यक्ष बस्नेतले आग्रह गर्नुभयो ।

सो भेटघाट कार्यक्रममा शान्तिगर गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष पिमलाल वली, नेकपा शान्तिनगरका सचिव गोविन्द भण्डारी, युवा नेता एकराज बस्नेत, विद्यार्थी नेता अशोक भण्डारी लगायतको सहभागीता रहेको थियो ।