२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

विधुत मिटर रिडिङ र काउन्टरको माग

रगैंजा,
१३ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखाले शान्तिनगर गाउँपालिका वडा नं. ५ रगैजामा विधुत मिटर रिडिङ तथा काउन्टर माग गर्ने भएको छ ।

पश्चिमदाङलाई केन्द्र बनाएर केही बर्ष अगाडिदेखि रगैंजामा विधुत प्राधिकरणको शाखा विस्तार गरेपनि प्रभावकारी काम गर्न नसकेका भन्दै उद्योग वाणिज्य संघ शान्तिनगर शाखाले विधुत मिटर रिडिङ र काउन्टरको माग सहितको ज्ञापन पत्र बुझाउन विधुत प्राधिकरण तुलसीपुरमा जाने भएको छ ।

उद्योग वाणिज्य संघ शान्तिनगरका अध्यक्ष ज्ञानेन्द्रराज शर्माको अध्यक्षता तथा वडा नं. ५ वडा अध्यक्ष गिरीराज बस्नेतको प्रमुख आथित्यमा बसेको बैठकले पछिल्लो समयमा भइरहेको अघोषित लोडसेडिङले व्यवसायी तथा उपभोक्ता ठुलो मर्कामा परेको साथै मिटर विधुत मिटर रिडङ तथा महसुल बुझाउन तुलसीपुर जानुपर्ने बाध्यता भएकाले यसको समाधानका लागि ज्ञापन पत्र बुझाउन विधुत प्राधिकरण तुलसीपुरमा जाने निर्णय गरेको हो ।

बैठकले रगैंजा बजारमा सडक बत्ति विग्रेको र यसको मर्मतका लागि तथा प्रहरी विट स्थापना गर्न आवश्यक रकम ५ नं. वडा कार्यालयलाई माग गर्ने निर्णय गरेको छ । यस्तै प्रत्येक महिनाको पहिलो हप्ता रगैजा बजार सरफाई गर्ने, उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुलाई नयाँ सदस्यता लिन तथा पुरानोले नविकरण गर्न आग्रह गर्ने र ईलाका प्रहरी कार्यलय खिलतपुरसंग समन्वय गरी सामुदायिक साझेदारी प्रहरी कार्यक्रम गर्ने निर्णय भएको उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार प्रेम पुनले जानकारी दिनुभयो ।