२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

कर उठाउन मात्र लकडाउन हटाईएको पुर्वमन्त्री गिरीको आरोप

तुलसीपुर,
१४ साउन । नेपाली काङग्रेसका केन्द्रिय सदस्य तथा पूर्व सिँचाई मन्त्री दिपक गिरीले कर अशुल गर्नलाई लकडाउन हटाईएकोे आरोप लगाउनु भएको छ ।

मुलुक कोरोना भाईरसको माहामारीले आक्रान्त बनेको समयमा सरकारले कर उठाउने योजनामा लकडाउनलाई खु्ल्ला गरेको उहाँको भनाई छ ।

रिपोट्स क्लव दाङले बुधवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री गिरीले यस्तो बताउनु भएको हो । पुर्वमन्त्री गिरीले मुलुकमा अहिले कोरोना माहामारीलाई नियन्त्रण गर्नुपर्ने अवस्थामा सरकार चुकेको बताउनुभयो । कोरोना माहामारीका कारण जर्जर भएको अवस्थामा साना व्यापारीदेखी उद्योगपतिबाट कर अशुल्नका लागी सरकारले लकडाउन खुलाएको बताउनु भयो ।

कुनै बैज्ञानिक व्यवस्थापन नगरी लकडाउन खुल्ला गरिएको हुँदा कोरोनाको भयावह अझै आउन सक्ने उहाँले बताउनुभयो । यस्तो अवस्थामा सवै एकजुट भएर लाग्नुपर्ने समयमा सत्तारुढ दल भित्रै कुर्सीको आन्तरिक विवादमा हुदा छताछुल्ल भएको बताउनुभयो । जसले गर्दा अहिलेको सरकार कोरोना माहामारी र भ्रष्टाचार नियन्त्रणमा असफल भएको नेता गिरीको दावी छ ।

फरक सिद्धान्तबाट आएका पार्टिले देश लुट्नका लागि मात्र पार्टि एकता गरेको समेत आरोप लगाउनुभयो । देशमा समृद्धि र विकासका काम नगरेर विभिन्न वहानामा देश लुट्ने मात्र खेल खेलेको नेता गिरीको आरोप छ । देशमा भएका विभिन्न काण्डले नेकपा कस्तो पार्टि हो, भन्ने अव जनताले बुझि सकेको बताउनुभयो ।

क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्री गिरीले पाटीको १४ औँ महाधिबेशन तोकिएकै मितिमा हुने दावी गर्नुभयो । साथै पार्टीको कार्यतालिका अनुसार अहिले सक्रिय सदस्यता वितरण प्रणालीमा आफनो बिमती भएको बताउनुभयो। केन्द्रिय कार्यसमितिको संख्याको आधारमा बनाईएको पचास प्रतिशतको मापदण्द गलत भएको नेता गिरीको दावी छ ।

कामको आधारमा सदस्यता पाउनु पर्छ भन्ने मान्यता राखेपनि पचास प्रतिशतको अवधारण ल्याउनु अनुउचित भएको बताउनुभयो ।