२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

जसले दिनहुँ सैयौं मास्क निःशुल्क बाँड्छन्

दाङ, 
१४ साउन । हातमा प्लाष्टिकको ठूलो झोला, झोलामा मास्क।घोराहीका व्यस्त चोकहरुमा दिनहुँजसो भेटिने बिरबहादुर खत्री (बिरु) मास्क नलगाएरै बजार हिँडेकाहरुको खोजि गरिरहेको हुनुहुन्छ।

बिच सडकमै उभिएर सवारी साधन रोक्छन, मास्क नलगाएका यात्रु अनि चालकहरुलाई कोरोना संक्रमणबाट जोगिने उपाय मास्क प्रयोग गर्न सुझाउनुहुन्छ अनि मास्क थमाईदिनुहुन्छ । बजारमा पैदल हिँडिरहेका मास्कविहीन सर्वसाधारणहरु पनि उहाँको नजरमा पर्छन।

प्रत्येकको हातहातमा मास्क थमाइदिनु हुन्छ, अनि भन्नू हुन्छ ‘कोरोना जोखिमबाट सतर्क रहनुहोला ।’ गृहमन्त्रालयले मास्क नलगाएर हिँड्नेहरुलाई कारवाहीको घोषणा गरिसकेको छ ।तथापी सरकारले लकडाउन हटाएपछि बजारमा मास्क प्रयोगकर्ताको संंख्या कम बन्दै गईरहेको छ । तर, सरकारले निर्धारण गरेको नियमलाई ‘फलो’ गर्दै मास्क अभियानसहित सडकमा निस्कीएका छन्, घोराही १४ का बिरु । अभियानमा उहाँ एक्लै हुनुहुन्छ, तथापी एक्लो आत्मबलले हार खानु भएको छैन।

‘जब लकडाउन खुल्यो, त्यो बेलादेखि बजारमा मास्क प्रयोगकर्ताहरु कम बन्दै गईरहेका छन्,’ बिरु भन्नू हुन्छ, ‘सरकारले मास्क प्रयोगमा गरेको अनिवार्य हाम्रै लागि हो भन्ने मानसिकता हामीबाट हराउँदै गएको जस्तो देखिन थालेको छ, अतः कोरोनाको जोखिम अझै कायमै भएकाले मास्कको प्रयोग अनिवार्य छ है, भन्ने सन्देश प्रवाह गर्नु मेरो अभियानको मुख्य लक्ष्य हो ।’