२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बैंकमा कार्यरत २४ वर्षीया युवतीद्वारा आत्महत्या

बुटवल,
१४ साउन । रुपन्देहीमा बैंकमा कार्यरत रहेकी एक युवतीले आत्महत्या गरेकी छिन् ।

गैडहवा गाउँपालिका–६ मा डेरा गरी बस्ने तिलोत्तमामा नगरपालिका–१५ स्थायी घर भएकी २४ वर्षकी गंगा चौधरी मंगलबार राति झुन्डिएर आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्त राजकुमार बैदवारले जानकारी दिए ।

महालक्ष्मी विकास बैँकमा कार्यरत कर्मचारी समेत रहेकी चौधरीले आफू सुत्ने कोठामा भित्रबाट चुकुल लगाएर गयराती सिलिङ प्रंखामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनले के कारणले गर्दा आत्महत्या गरेकी हुन् भन्ने कारण नखुलेको र इलाका प्रहरी कार्यालय लुम्बिनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।