२०८२ जेष्ठ ३१ गते शनिवार
२०८२ जेष्ठ ३१ गते शनिवार

तुलसीपुरमा कुलोले बगाउँदा २ बर्षीय बालकको मृत्यु

दाङ,
१५ साउन । दाङमा कुलोले बगाउँदा एक बालकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं २ मनिकापुर निवासी घनश्याम भण्डारीका २ बर्षीय छोरा अनमोल केसीको कुलोले बगाएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

हिजो बुधवार साँझ साढे ६ बजे तिर हराएका बालक प्रहरी र गाउँलेहरुले खोजी गर्दा करिब राति साढे ९ बजे पोटली कुलोको हेकुली चौकमा मृत अवस्थामा भेटिएका थिए ।