२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

श्रीमानको कुटाईबाट श्रीमती गम्भिर घाइते

सांकेतिक तस्वीर ।

बबई,
१५ साउन । दाङको बबई गाउँपालिकामा गएराति श्रीमानको कुटपिटबाट श्रीमती गम्भिर घाईते भएकी छिन् ।

घाईते हुनेमा बबई गाउँपालिका–६ छाउनीडाँडा निबासी ३० बर्षकी टीका नेपाली रहेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए ।

घाईते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।

श्रीमतिलार्ई ३१ बर्षका राजु नेपालीले राति साढे नौ बजे कुटपिट गरेको प्रहरीले बताएको छ ।