२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

बाख्रा चराउन गएकी महिलाको भीरबाट लडेर मृत्यु

प्रतिकात्मक तस्वीर ।

सल्यान,
साउन १५ । सल्यानमा बाख्रा चराउन जंगल गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ९ गिठाचौरकी अन्दाजी २० वर्षीया ललिता बोहराको मृत्यु भएको हो ।

बुधबार साँझ बाख्रा चराउन गाउँ नजिकै रहेको गोठेभार जंगलबाट लडेर मृत्यु भएको वडा अध्यक्ष इन्द्र कुमाईले बताए ।

बाख्रा चराउन गएको समयमा घाँस काट्ने क्रममा लडेको उनको भनाई छ ।