२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ पुग्यो

काठमाडौं,
१५ साउन । नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।