२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

बाँकेमा आईतबारदेखि पुनः लकडाउनको घोषणा

फाइल तस्वीर ।

नेपालगन्ज,
१५ साउन । बाँके प्रशासनले आगामी आईतबारदेखि तीन दिनका लागि पुनः लकडाउन गर्ने भएको छ ।

बाँकेमा कोरोना मात्रै समुदाय स्तरमै फैलिए पछि र आज मात्रै २७ जनामा कोरोना पोजिटिभ केस देखिए पछि आज बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आपतकालिन बैठकले आइतबार देखि ३ दिनसम्म बाँके जिल्लाभर पुर्णरूपमा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

बाँकेमा लकडाउन खोलेसगैं नेपालगन्जमा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि लकडाउन गर्ने प्रजिअ कुरुम्वाङले जानकारी दिए ।