२०७८ मङ्सिर ६ गते सोमवार
२०७८ मङ्सिर ६ गते सोमवार

लाटे खोलामा पहिरो जाँदा दुईजनाको मृत्यु

फाइल तस्वीर ।

कालिकोट,
१५ साउन । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका ६ स्थित लाटे खोलामा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ ।

लाटेखोलाको पहिरोमा सान्नीत्रिवेणी गाउँपालिका ६ का ६० वर्षीय प्रशुराम संज्याल र २८ वर्षीया तारा संज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।

उनका अनुसार स्थानीय प्रशुराम संज्याल खानेपानीको लाइन जोड्नका लागि खोलापारी गएको र तारा संज्याल खोला पारी रहेको गोठमा गाईवस्तुलाई घाँसपानी दिन गएर फर्किने बेलामा पहिरो खसेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

यससँगै बाढी र पहिरोमा परी कालिकोटमा १४ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार जिल्लाको नरहरीनाथ गाउँपालिकामा सबैभन्दा बढी ९ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् ।