२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

दाङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

दाङ,
१५ साउन । दाङमा विहिवार थप दुई जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परिक्षणका क्रममा दाङका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालका अनुसार राप्ती गाउँपालिका वडा नम्वर २ का २३ बर्षिय पुरुष र गढवा गाउँपालिका वडा नम्वर ४ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालमा वितेको ७२ घण्टाको अवधीमा १०८८ नुमना परिक्षण गर्दा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बाँकेका २०, प्युठानका १, बर्दियाका ८, सुर्खेतका २, कन्चनपुर, सर्लाही र अर्घाखाँचीका एक÷एक जनामा कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ ।