२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

मोटरसाइकलबाट लडेर एक महिलाको मृत्यु

सांकेतिक तस्वीर ।

तिलोत्तमा,
१५ साउन । रुपन्देहीमा मोटरसाइकलबाट लडेर महिलाको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका ३ लक्ष्मीनगर बस्ने ७० वर्षीया धानमति भुजको बिहीबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै नातिले चलाउन लागेको लु १८ प ९४९२ नम्बरको मोटरसाइकलमा चढ्ने क्रममा लड्दा घाइते भएकी भुजलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लैजाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धकधईले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।