२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

समावेशी र सक्रिय कार्यकर्तालाई सदस्यता दिऔं : नेता गिरी

श्रीगाउँ,
१५ साउन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले पार्टिका लागि सक्रिय हुने कार्यकर्तालाई पार्टिको क्रियाशिल सदस्यता वितरण गर्न आग्रह गर्नुभएको छ । पार्टिमा सदैव क्रियासिल हुने र सवैलाई समट्ने गरी समावेशी तरीकाले क्रियासिल सदस्यता वितरण गर्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस क्षेत्र नं ३ ख को आयोजनामा श्रीगाउँमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गिरीले तेरो मेरोलाई भनेर पार्टिका लागि क्रियासिल, योगदान पुर्याएका र समावेशी तरिकाले क्रियासिल सदस्यता वितरण गरी पार्टिमा एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले कांग्रेसको १४ औँ महाधिवेशन तोकिएकै मितिमा हुने ढुक्क हुन कार्यकर्ताहरुलाई आग्रह पनि गर्नु भयो ।

नेपाली कांग्रेस क्षेत्र ३ ख का सभापति खिम वहादुर वलीको सभापतित्वमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता गिरीले कोरोना भाइरस महामारीको नाममा सरकारले भष्ट्राचार गरेको आरोप लगाउनुभयो । ‘जनतालाई कोरोना भाइरसबाट कसरी बचाउन सकिन्छ, भन्नेमा ध्यान नदिएर नेकपाको सरकार कसरी भष्ट्राचार गर्न सकिन्छ भन्ने ध्यानमा केन्द्रित भएको छ’, नेता गिरीले भन्नुभयो, मेडिकल सामग्रीमा समेत करोडौँ भ्रष्टाचार गर्ने सरकारबाट जनताले के आशा गर्न सक्छन् ? काण्डै काण्डमा लिप्त नेकपा सरकार कोरोनाको यो विषम परिस्थितिमा पार्टिकै आन्तरिक विबादमा पसेको छ ।’

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गिरीले विभिन्न अस्पतालमा कोरोना जाँच गर्ने पिसिआर मेसिन लगायत अन्य मेडिकल सामग्रीका बारेमा ध्यान नदिएर कुर्सीको विवादमा फसेको आरोप लगाउनुभयो ।

सो कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारी, जिल्ला सभापति किर्ति वहादुर खड्का, नेता केशब आचार्य, क्षेत्रिय सभापति जगत खड्का, जिल्ला सचिव संकर डाँगी, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी लगायतले पार्टिमा योगदान पुराएका र क्रियासिललाई सदस्यता वितरण गर्न आग्रह गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण क्षेत्रिय सचिव चुडामणि ढकालले गर्नुभएको थियो ।