२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

‘सिधा कुरा जनतासंग’ टिम ५ नं. प्रदेशमा प्रवेश

दाङ,
१५ साउन । न्युज २४ टेलिभिजनमा सञ्चालित चर्चित कार्यक्रम ‘सिधा कुरा जनतासंग’ को टिम प्रदेश ५ मा प्रवेश गरेको छ ।

७ वटै प्रदेशका विभिन्न जिल्लाका जनताका समस्या र गुनासो कार्यक्रम समट्ने उद्येश्यका साथ सो कार्यक्रमका सञ्चालक तथा चर्चित पत्रकार रवि लामिछानेकोे टिम विभिन्न प्रदेशका जिल्लामा पुगिरहेको छ ।

यसै अनुरुप आज प्रदेश नं. ५ को पाल्पाबाट चर्चित पत्रकार रवि लामिछानेको टिम प्रवेश गरेको बताइएको छ । अव केहि दिनमा दाङमा आउने भएकाले दाङमा कुनै समस्या तथा गुनासो भए ९८१०१५७२४२४ सम्पर्क गरि जानकारी दिन सिधा कुरा जनतासंग टिमले आग्रह गरेको विमल खड्काले जानकारी दिनुभयो ।

दाङका घोराही र तुलसीपुरमा कार्यक्रम गर्ने तय भएपनि समस्या भए दाङका विभिन्न स्थान पुग्न सक्ने सिधा कुरा जनतासंग टिमले जानकारी दिएको छ ।