सल्यान,
१६ साउन । सल्यानमा बालबिवाह गरेको चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कपुरकोट गाउपालिका वडा नम्बर ५ रिम बस्ने एक दम्पती सहित उनका अभिभावकलाई नियन्त्रणमा लिईएको छ ।
२०७६ साल माघ १ गते बिहे गरेका उनीहरुलाई यहि १२ गते माइती घर जनो क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार १७ बर्षिय बेहुला,१९ बर्षिया बेहुली , बेहुलाका बुवा दयाराम रोका र आमा केवली रोकालाइ पक्राउ गरिएको हो ।
बनगाड कुपिण्डे नगरपालिका स्थित माईती घरमा जाँदै गरेका उनीहरुलाई सोधपुछका लागी नियन्त्रणमा लिईएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए । उनीहरूलाई इलाका प्रहरी कार्यालय लुहामको नियन्त्रणमा राखीएको प्रहरीले बताएको छ ।