२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

भिरबाट खसेको ढुंगा लागेर रोल्पामा एक युवकको मृत्यु

सांकेतिक तस्वीर ।

रोल्पा,
१६ साउन । भिरबाट खसेको ढुंगा लागेर रोल्पामा एक युवकको मृत्यु भएको छ।

रुन्टिगढी गाउँपालिका ८ मेलटाकुरा निवासी २६ वर्षीय प्रेमबहादुर पुनको बाटोमा हिँडिरहेका बेला अचानक भिरबाट खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको हो।

बिहीबार राति करिब १२ बजेतिर पुनलाई ढुंगाले लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरूङले जानकारी दिए।

पुन खेतमा पानी लगाउन जाँदै थिए।

उनको शव पोष्टमार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरिक्षक मेघनाथ चापगाईले जानकारी दिए।