२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कवि विनोद पोख्रेलको ‘मेरो बिहानी’ कविता सङ्ग्रह विमोचन

घोराही,
१६ साउन । साहित्यकार कवि विनोद पोख्रेलको ‘मेरो बिहानी’ कविता सङ्ग्रह विमोचन गरिएको छ ।

आज घोराहीमा एक समारोहकाबीच समाजसेवी एकराज शर्मा, प्रा. गदाधर शर्मा र वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले कविता सङ्ग्रहको संयुक्तरूपमा विमोचन गर्नुभएको थियो ।

पाख्रेलको सङ्ग्रहमा ४० वटा कविता रहेका छन् ।

लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको अध्यक्षतामा सम्पन्न विमाचन कार्यक्रममा सङ्ग्रहको समीक्षा डा. हिमलाल पन्थी र प्राडा जनार्दन आचार्यले गर्नुभएको थियो ।