२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

कर्मचारीमा संक्रमण फैलिएपछि राजस्व कार्यालय नै आइसोलेसन

नेपालगन्ज,
१६ साउन । आन्तरिक राजस्व कार्यालयका धेरै कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाई आइसोलेसन सेन्टर बनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले कोरोना देखिएका निजामति कर्मचारीलाई राख्नका लागि आन्तरिक राजस्व कार्यालयलाई आइसोलेसन सेन्टरका रुपमा प्रयोगमा ल्याइएको बताए । उनका अनुसार अहिले सो आइसोलेसनमा १२ जनालाई राखिएको छ ।

आन्तरिक राजस्वका अधिकृतहरुसहित त्यहीँ बस्ने १२ जनामा कोरोना देखिएको छ । कार्यालय बन्द रहेकाले त्यहाँका कर्मचारीहरुलाई त्यहीँ राखिएको हो ।

आन्तरिक राजस्व कार्यालयका ११ जना कर्मचारीमध्येमा चारजना बाँके, सुर्खेतका दुई जना, बर्दिया तथा अर्घाखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक–एक जना रहेको खबर कान्तिपुरमा प्रकाशित छ ।