२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

एकैदिन १० हजार बढी नमुना परीक्षण, २२४ मा संक्रमण पुष्टि

काठमाडौं,
१६ साउन । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१ जना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५–१५ जना, झापाका १३ र बैतडीका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाराका ४ जना, रौतहट, कास्की, दाङ र डोटीका ३–३ जना, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका २–२ जना तथा भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही सप्तरी, तनहुँ, रुपन्देही र बाँकेका एकएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।