२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

घरमै नमाज पढेर ईद मनाउन मुस्लिम आयोगको आग्रह

फाइल तस्वीर ।

काठमाडौं,
१६ साउन । मुस्लिम आयोगले इज उल अज्हा (ईद) घरमै नमाज पढेर मनाउन आग्रह गरेको छ । आयोगले नोवेल कोरोना भाइरसको जोखिम रहेको भन्दै सम्पूर्ण मुस्लिम समुदायमा यस्तो अनुरोध गरेको हो ।

‘‘ओल्माहरू, मुफ्तिहरू, नेपाली जामे मस्जिद, पञ्च काश्मिरी तकिया जामा मस्जिदका पदाधिकारीहरूको सल्लाह बमोजिम अन्य सबै आ–आफ्नो तरिका अनुसार घरमै बसी नमाज पढी ईद मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु’ आयोगका अध्यक्ष समिम मियाँ अन्सारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

यद्यपि इद उल अज्हाको नमाज मस्जिदमा पाँच जनासम्मले पढ्न पाउने अन्सारीले जनाएका छन् ।

कोभिड–१९ रहँदासम्म सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका अन्य उपाय अपनाउन पनि अध्यक्ष अन्सारीले आग्रह गरेका छन् ।