२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

खोलाले बगाउँदा ६ वर्षीया बालिकासहित २ जना बेपत्ता

सांकेतिक तस्वीर ।

तिलोत्तमा,
१६ साउन । रुपन्देहीमा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

शुक्रबार जिल्लाको सियारी गाउँपालिका–३ जगहता बस्ने ६ वर्षीया ज्योती चौधरी भैसाखादरस्थित मामाघरमा गएको र बाख्रा चराउन जाँदा तिनाउ खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी हुन् । उनको इलाका प्रहरी कार्यालयबाट खोजी कार्य भइरहेको छ ।

यसैगरी बुटवल उपमहानगरपालिका ११ झोलुंगे पुलस्थित तिनाउ खोलामा दिउँसो पौडी खेल्ने क्रममा स्थानीय १९ वर्षीय हरी दर्जीलाई पानीले बगाउँदा बेपत्ता भएका हुन् । उनको समेत खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।