२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

तुलसीपुरका प्रशासकीय अधिकृत ९ लाख बढी घुससहित पक्राउ


तुलसीपुर,
१६ साउन । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं जाँदै गर्दा उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको हो ।

उनीसँग एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियार स्रोतले जनाएको छ । त्यो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ ।

घुस लिएर काठमाडौं जाँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिई खानतलासी गरेको हो ।