२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

सशस्त्र प्रहरीका १७ जनामा कोरोना पुष्टि

इलाम,
१७ साउन । इलामको सदरमुकाममा रहेको सशस्त्र प्रहरी बलको हेडक्वार्टर नम्बर १ गणका १७ जनामा शनिबार कोरोना पुष्टि भएको छ।

स्वास्थ कार्यालय इलामले विराटनगरस्थित प्रदेश प्रयोगशालामा ४० जनाको स्वाब नमुना पठाइएकामा १७ जनाको रिपोर्ट पोजिटिभ आएको कोभिड १९ फोकल पर्सन विमल बरालले जानकारी दिए। यस अघि १० जनाका पोजिटिभ रिपोर्ट आएको थियो।

पछिल्लो पटक थपिएका १७ जनासँगै इलाममा सशस्त्र प्रहरीका २७ जनामा पोजिटिभ देखिएको छ। थप ४० जनाको स्वाब संकलनको तयारी भइरहेको सशस्त्र प्रहरी गणले जनाएको छ।

फोकल पर्सन बरालका अनुसार ४० जनाको आइतबार स्वाब संकलन गर्ने तयारी गरिएको छ। पोजिटिभ देखिएका सबैलाई थप उपचारको लागि मोरङस्थित गोठगाउँ पठाउने तयारी गरिएको छ।

यस अघि साउन ११ मा ५ र साउन १६ मा ५ जनामा गणभित्रै कोरोना पुष्टि भएको थियो। अहिलेसम्ममा इलाममा कोरोना पुष्टि हुनेको संख्या ५७ जना पुगेको छ।

बरालका अनुसार अस्पतालका कर्मचारी, स्वास्थकर्मी, कोरोना संक्रमणको संखा लागेका ४२ र कन्ट्रयाक ट्रेसिङ गरिएका ४७ जनाको रिपोर्ट आउन बाँकी छ। आवश्यकता अनुसार शंकास्पदको स्वाब संकलनको काम जारी रहेको उनले बताएको खबर अन्नपूर्ण पोष्टमा प्रकाशित छ ।