२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

२४६ जना संक्रमित थपिए, १११ जना डिस्चार्ज भए

डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुग्यो

सांकेतिक तस्वीर ।

काठमाडौं,
१८ साउन । पछिल्लो २४ घण्टामा नेपालमा २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ७२ रहेको छ।

शनिबार ३१५, शुक्रबार २२४, बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १११ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार ६०३ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ९६४ जना रहेका छन्।