२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

अग्रज कांग्रेस नेताहरुलाई सम्मान

तुलसीपुर,
१८ साउन । नेपाली कांग्रेसले पार्टिमा योगदान पुर्याएका अग्रज नेताहरुलाई सम्मान गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नं ३ (क) को आयोजनामा नेपाली कांग्रेसमा रहेर पार्टिको विकास र विस्तारमा अहम भुमिका निर्वाह गरेका अग्रज नेताहरूलाई आज तुलसीपुरको पार्टि कार्यालयमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

क्षेत्रीय सभापति घनश्याम ढकालको अध्यक्षता तथा केन्द्रीय सदस्य दिपक गिरीको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वोल्दै केन्द्रीय सदस्य गिरिले पार्टिमा अग्रजहरुको भुमिका सदैव आवश्यक हुने वताउनुभयो । अग्रजहरुले पार्टि संगठन गरेकै कारण आज पार्टि राम्रो हैसियतमा पुगेको भन्दै अग्रजहरुको सुझाव र सल्लाहलाई मनन गरेर अगाडि वढनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, जिल्ला सभापति किर्ति बहादुर खड्का, महासमिति सदस्य केशव आचार्य, क्षेत्रिय सभापति जगत खड्का, नेविसंघका पुर्व केन्द्रिय सदस्य युवराज खड्का लगायतका नेताहरुले अग्रज नेताहरुलाई पार्टिले सदैव सम्झनुपर्ने बताउनुभयो ।

क्षेत्रिय उपसभापति प्रमोद बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण क्षेत्र नं. ३ (क) सचिव चुर्ण वहादुर वलीको गर्नुभएको थियो, भने धन्यवाद मन्तव्य क्षेत्रिय सचिव चुडामणी ढकालले दिनुभएको थियो ।

कार्यक्रममा ५५ जना अग्रज नेताहरुलाई सम्मान गरिएको थियो ।