२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

जिल्ला अदालत बाँकेका ५ जनामा कोरोना पुष्टि

नेपालगन्ज,
१८ साउन । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा आज जिल्ला अदालत बाँकेबाट संकलन गरिएको नमुनामध्ये ५ मा जनामा कोरोना पुष्टि भएको छ ।

उनिहरु ४ जना बाकेका र १ जना सुर्खेतका रहेका छन् । त्यस्तै आज नै श्री मिलेटरी अस्पताल राझाका एक चिकित्सक सहित अन्य तिनमा समेत कोरोना पुष्टि भएको छ ।

भेरी अस्पतालमा परिक्षण गरेको मध्य दाङमा कार्यरत आर्मिका सिएफ १ जनामा कोरोना देखिएको छ । भने खजुरा ६ का एक जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालका अनुसार दुई जना टिकापुरका ब्यक्तिहरुको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।