नयाँ दिल्ली,
१८ साउन । भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार शाहलाई कोरोना लागेको पुष्टि भएको हो। शाहले आफूलाई कोरोना पुष्टि भएपछि सामाजिक सञ्जाल ट्विटरमा यसको जानकारी गराएका छन्।
‘कोरोनाको सुरुवाती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिए, रिपोर्ट पोजेटिभ आएको छ,’ शाहले लेखेका छन्, ‘मेरो स्वास्थ्य ठीक छ। डाक्टहरुको सल्लाहअनुसार अस्पताल भर्ना भएको छु। मेरो अनुरोध छ कि तपाईंहरु जो केहि दिनयता मेरो सम्पर्कमा आउनु भएको छ, कृपया आफैलाई आइसोलेसनमा रख्नु होला। जाँच गर्नु होला।’
कोरोना के शुरूआती लक्षण दिखने पर मैंने टेस्ट करवाया और रिपोर्ट पॉजिटिव आई है। मेरी तबीयत ठीक है परन्तु डॉक्टर्स की सलाह पर अस्पताल में भर्ती हो रहा हूँ। मेरा अनुरोध है कि आप में से जो भी लोग गत कुछ दिनों में मेरे संपर्क में आयें हैं, कृपया स्वयं को आइसोलेट कर अपनी जाँच करवाएं।
— Amit Shah (Modi Ka Parivar) (@AmitShah) August 2, 2020