२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

देउती मावि मलईको अभिभावक भेला सम्पन्न

बबई,
१८ साउन । पश्चिमदाङको बबई गाउँपालिका वडा नं. ७ स्थित देउती माध्यमिक विद्यालय तल्लो मलईको अभिभावक भेला सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलराज घर्तिको अध्यक्षता तथा विद्यालयका संस्थापक सदस्य बम बहादुर बुढाको प्रमुख आथित्यमा भेला सम्पन्न भएको हो । भेलामा सहभागिहरुले विकट स्थानमा रहेको विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सवैले सहयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए । कोरोना भाइरसको महामारीमा उच्च सजकता अपनाई टोल टोलमा विद्यालयले बैकल्पिक शिक्षण सिकाईका क्रियाकलाप सञ्चालन गर्नु सकारात्मक भएको बताएका थिए ।

भेलामा फुर्केसल्ली मलई मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष गम्मर वहादुर घर्ती, भुपु अध्यक्षहरु भाकसिंह बाँठा, अम्मर बुढा, जितेन्द्र बुढाथोकी लगायतले विद्यालय भित्र राजनिति आग्रहपूर्वाग्रह नराखी सवै मिलेर समयको माग अनुसार विद्यालय व्यवस्थापन तथा सञ्चालनमा जुट्नु पर्ने बताउनुभयो ।

बबई गाउँपालिकाले गत शैक्षिक सत्र देखि शिक्षक व्यवस्थापन गरेर विगत लामो समय देखि निजि स्रोत शिक्षकको भरमा चलेको विद्यालय हाल निजि स्रोत शिक्षक समस्या समाधान हुँदै गएको र अझै विद्यालयको आवश्यकता अनुसार शिक्षक लगायत पूर्वाधार व्यवस्थापनमा सहयोग गरिदिने छ, भन्ने आशा समेत व्यक्त गर्नुभयो ।

साथै भेलाले रेवन्त खत्रीको अध्यक्षतामा ७ सदस्यीय आ.व. २०७६÷०७७ को लेखा परिक्षण समिति गठन गरेको छ । जसको सदस्यहरुमा वडा अध्यक्ष महाविर चौधरी, देउमा पुन, खुमानन्द खत्री, दिपेश वली, खड्क वहादुर विक र सदस्य सचिवमा शिक्षक देवराज अधिकारी रहनु भएको छ ।

भेलाको सहजिरकण विद्यालयका प्रधानाध्यापक डम्वर चन्दले गर्नुभएको थियो ।