२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

जलाउन तयार शव प्रहरीको नियन्त्रणमा, छोरा पक्राउ

फाइल तस्वीर ।

काठमाडौं,
१८ साउन । प्रहरीले पशुपति आर्यघाटमा जलाउन लागेको शव बरामद गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले ललितपुर गोदावरीका ५० वर्षका कृष्ण नेपालीको शव बरामद गरेर उनका छोरा ३० वर्षका सन्तोष नेपालीलाई पक्राउ गरेको हो ।

हत्या भएको आशंकामा शव बरामद गरेर अनुसन्धान सुरु गरेको ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

प्रहरीका अनुसार गत बिहीबार राति रक्सी खाएका बेला कृष्ण र छोरा सन्तोषबीच झगडा भएको थियो । त्यसै क्रममा सन्तोषले बाबुमाथि कुटपिठ गरेका थिए । बिहान बाबु बेहोस देखेपछि सैनिक अस्पताल छाउनीमा उपचारका लगी लगेका थिए । तर अस्पतालले मृत घोषणा गर्‍यो ।

दाह संस्कारका लागि शव आर्यघाट लगिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । गाउँलेको सूचनाका आधारमा शव बरामद गरेर अनुसन्धान थालेको प्रहरीको बताएको खबर अनलाइनखबरमा प्रकाशित छ ।