२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

५ वर्षीय छोरालाई विष खुवाएर आमाद्वारा आत्महत्या

प्रतिकात्मक तस्वीर ।

तुलसीपुर,
१८ साउन । पाँच बर्षको छोरालाई सुर्य नामक किटनासक औषधी खुवाएर आफुले पनि सल्फास नामक किटनासक औंषधी खाएकी एक महिलाको मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहागनरपालिका–१ पोखरी टोल निबासी ३० बर्षकी तिला श्रेष्ठको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पौने आठ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

बेहोस भएका बालक सन्देश श्रेष्ठको सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको अस्पतालले जानकारी दिएको छ ।