तुलसीपुर,
१९ साउन । दाङको तुलसीपुरमा रहेको नेपाली सेनाको १९ नम्बर बाहिनी अड्डामा कार्यरत एक सैनिक जवानमा कोरोना पोजेटिभ देखिएको छ ।
नेपालगंजमा गरिएको पिसीआर परीक्षणमा सैनिक जवानलाई कोरोना पोजेटिभ देखिएको हो ।
उनलाई उपचारका लागि दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा लगिएको कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।
यो संगै अहिले अस्पतालमा ८ जना उपचारत रहेका छन् ।