२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

करेन्ट लागेर एकै घरका दुई बालकको मृत्यु, बाबु घाईते

फाइल तस्वीर ।

दाङ,
१९ साउन । करेन्ट लागेर दाङमा एकै घरका दुई बालकको मृत्यु भएको छ।

घोराही १ हर्नोक निवासी ३७ बर्षीय दिलबहादुर रावतका छोरा १० बर्षीय तेजबहादुर रावत र १४ बर्षीय बिरबहादुर रावतको सोमवार विहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

साथै सोहि घटनामा परि मृतकका बुवा घाईते भएका छन् ।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । आफ्नै मकै बारीमा जंगली बँदेल मार्नको लागि राखीएको विद्युतिय तारमा परि उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।

बारीमा जंगली बँदेल आएर मकै खाएर क्षति गर्न थालेपछि त्यसलाई मार्न उनीहरुले बारीमा करेन्ट जडान गरेको प्रहरीको भनाई छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।