सांकेतिक तस्बिर ।
बबई,
१९ साउन । दाङमा विषालु सर्पको टोकाईबाट एकजना वृद्ध गम्भीर बिरामी भएका छन् ।
सोमबार बिहान ४ बजे बबई गाउँपालिका वडा नं. १ जौंबारी बस्ने वर्ष ६५ का टेक बहादुर पुनलाई विषालु सर्पले टोक्दा घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।
उनलाई घरमै सुतिरहेको अवस्थामा दाहिने खुट्टामा विषालु सर्पले टोकेको हो । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको अस्पतालले बताएको छ । उनको अवस्था गम्भीर रहेको छ ।
साथै यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।