२०७८ मङ्सिर २ गते बिहिवार
२०७८ मङ्सिर २ गते बिहिवार

कर्मचारीमा संक्रमण फैलिएपछि नेपालगञ्ज उपमहानगर सिल

बाँके,
१९ साउन । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई अनिश्चितकालका लागि ‘सिल’ गरिएको छ ।

सोमबार नेपालगन्ज उपमहानगरपालिकाका एक वडाअध्यक्ष, दुई वडा सचिब र पाँच जना कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई ‘सिल’ गरिएको हो ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले धेरै जना कर्मचारीमा एकै चोटि कोरोना संक्रमण देखिएपछि कार्यालयलाई अनिश्चितकालीन ‘सिल’ गरिएको जानकारी दिए ।