२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

४१८ जना थपिएसँगै संक्रमितको संख्या २० हजार ७५० पुग्यो


काठमाडौं,
१९ साउन । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।