२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

विराटनगरमा कोरोना संक्रमित ७७ वर्षीय पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

मोरङ,
१९ साउन । विराटनगर महानगरपालिकाका कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको छ ।

विराटनगर ५ का ७७ वर्षीय ती पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

योसँगै मोरङमा कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन् ।

कोसी अस्पतालका प्रवक्ता लक्ष्मिनारायण यादवका अनुसार श्वासप्रश्वास समस्या लिएर सोमबार आएपछि उनलाई आइसोलेसनमा राखेर स्वाब परीक्षण गर्दा कोभिड १९ पोजिटिभ देखिएको थियो ।