बिमल गौतम,
तुलसीपुर १९ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले संगठन निर्माणमा ध्यान दिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस तुलसीपुर उपमहनगरपालिका वडा नम्वर ७ ले आज गणेशपुर पार्कमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वोल्दै गिरीले त्यस्तो वताएका हुन् । ‘अहिले कांग्रेस सवै तहमा प्रतिपक्षको भुमिकामा छ, त्यसैले यो वेला सवै नेता कार्यकर्ताहरु संगठन निर्माणमा लाग्न आवश्यक छ’ –नेता गिरिले भने । गिरिले पार्टिको महाधिवेशनको कार्यतालिका समेत सार्वजनिक भएको हुँदा समाजका सक्रिय तथा पार्टिप्रति वफादार व्यक्तिहरूलाई संगठनमा ल्याउन सुझाव दिए ।
काम गर्न सक्ने र नेतृत्व गर्न सक्ने क्षमता भएका, सक्रिय युवा युवतीलाई अवमुल्यन नगर्न समेत गिरिले सुझाएका छन् । त्यसका लागि आफुले कसैलाई काखा र पाखा नगर्ने समेत गिरिले प्रतिवद्धता व्यक्त गरे । कार्यकर्ता भेटघाट कार्यक्रममा क्षेत्र नम्वर ३ का सभापति जगत खडका, महासमिति सदस्य जोगेन्द्र विश्वकर्मा, महिला नेत्रृ देविका नेपाली, पुर्व क्षेत्रीय सभापति तथा वडा नम्वर ७ का अध्यक्ष टोप वहादुर केसि, विमल गौतम, राम वहादुर जिसि, जगत थापा, सुर्य शर्मा, नोखि रावत लगायतकाले गुटको राजनिति अन्त्य गर्ने नेताहरूलाई आग्रह गर्दै आफ्नो मान्छे नभई राम्रो र सक्रिय मान्छेलाई सदस्यता दिने परिपाटीको विकास गर्ने नेताहरूलाई सुझाव दिएका थिए ।
नेपाली कांग्रेस वडा नम्वर ७ का कावा ईकाई सभापति हरि थापाको अध्यक्षता तथा केन्द्रीय सदस्य दिपक गिरिको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा साविक वडा नम्वर ३ का सभापति प्रेम वहादुर केसिले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।