२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

प्रकाश सपुतको ‘बदला बरिलै’ युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा

काठमाडौं,
१९ साउन । लोकप्रिय गायक प्रकाश सपुतको पछिल्लो तिज गीत ‘बदला बरिलै’ युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ।

छोरा र छोरीमा गरिने विभेद सहित बलात्कार विरुद्वको विद्रोही स्वरमा रहेको गीतले सोमबार युट्युव ट्रेन्डिङको पहिलो नम्बरमा प्रवेश पाएको हो।

यो गीतको भिडियो तीन दिनकै अवधिमा ९ लाख ६९ हजार बढी दर्शकले हेरिसकेका छन्। गीत सार्वजनिक भएको ३ दिनमै पहिलो नम्बरमा आउनु श्रोता दर्शकको अपार माया र सद्भाव भएको गायक सर्जक प्रकाश सपुत बताउँछन्।

उसो त सपुतको यसअघिको ‘बोलमाया’ र ‘गलबन्दी’ गीत सर्वाधिक सुनेको र हेरिएको गीत हो। जसले युट्युव ट्रेन्डिङको पहिलो स्थानको रेकर्ड राखिसकेका छन्।