तुलसीपुर,
२० साउन । नेपाल तरुण दल दाङले तुलसीपुरमा विरोध कार्यक्रम गर्ने भएको छ ।
नेपाल सरकारले पेट्रोलियम पदार्थ मा गरेको मूल्य वृद्धिको विरुद्धमा नेपाल तरुण दल दाङले आज ४ बजे तुलसीपुरमा बिरोध कार्यक्रम गर्न लागेको नेपाल तरुण दल दाङका अध्यक्ष टिका घर्तीले जानकारी दिनुभयो ।
साथै अध्यक्ष घर्तीले विरोध कार्यक्रममा उपस्थितिको लागि सबैमा अनुरोध गर्नु भएको छ ।